आज कहाँ–कहाँ भइरहेको छ वर्षा ? - Chaitanya News
  • 2026-05-03
  • 10:01:04
  • आइतबार,बैशाख २०, २०८३
  • आज कहाँ–कहाँ भइरहेको छ वर्षा ?

    आज कहाँ–कहाँ भइरहेको छ वर्षा ?

    काठमाडौँ– आज (आइतबार) देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ। गण्डकी, मधेस, बागमती र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ।

    दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पुगेको छ।

    केही भू–भागमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ। काठमाडौँ उपत्यकामा बिहानैदेखि छिटपुट परिरहेको छ भने आकाशमा बाक्लो बादल देखिएको छ।

    दिउँसो उपत्यकासहित आसपासका क्षेत्रमा समेत वर्षाको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ। देशका पहाडी क्षेत्रहरूमा वर्षा बढेसँगै बाढी र पहिरोको जोखिम पनि बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

    पछिल्लो एक घण्टामा मकवानपुर जिल्लास्थित हेटौँडा, रजैया धनुषा जिल्लास्थित चिसापानी बजार वर्षा मापन केन्द्र र आसपास केन्द्रहरूमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।

    बारा र रौतहट जिल्ला स्थित रजुवा र चंद्रपुर म्याग्दी जिल्लाको दर्बांग वर्षा मापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।