यस्तो छ गएराति सम्पन्न अनेरास्ववियुको २०१ सदस्यीय निर्वाचित केन्द्रीय कमिटी (नाम र मतसहित) - Chaitanya News
  • 2026-05-13
  • 20:11:03
  • बुधबार,बैशाख ३०, २०८३
  • यस्तो छ गएराति सम्पन्न अनेरास्ववियुको २०१ सदस्यीय निर्वाचित केन्द्रीय कमिटी (नाम र मतसहित)

    यस्तो छ गएराति सम्पन्न अनेरास्ववियुको २०१ सदस्यीय निर्वाचित केन्द्रीय कमिटी (नाम र मतसहित)

    काठमाडौँ– अनेरास्ववियुको गएराति सम्पन्न मतगणनामा सुजन कडरिया अध्यक्ष निर्वाचित भएका छन्। प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै सुजन कडरिया अध्यक्ष निर्वाचित भएका हुन्। डा कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत मात्र प्राप्त गरे ।

    अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा डा कडरिया र पौडेलले प्यानल सहित प्रतिस्पर्धा गरेका थिए। पदाधिकारीमा पनि अधिकांश कडरिया प्यानलकै निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी र खुलातर्फ विकास श्रेष्ठ निर्वाचित हुँदा महासचिवमा दीपक धामी निर्वाचित बने।

    उपमहासचिवमा कमल जोशी पौडेल प्यानलबाट निर्वाचित भए। चार सचिव पदमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिमबाबु खान निर्वाचित हुँदा निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला निर्वाचित भए भने आयोगको उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएका छन्।

    त्यसैगरी लेखा आयोग अध्यक्षमा अञ्जली लम्साल निर्वाचित भइन्। उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित भए। अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे र उपाध्यक्षमा आकाश गिरी निर्वाचित भए भने सचिवमा स्मृति अधिकारी निर्वाचित भएकी छन्।

    निर्वाचनमार्फत अनेरास्ववियुको १५१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ, भने आयोगका अध्यक्ष र पदाधिकारी पनि निर्वाचित भएका छन्।