काठमाडौँ– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र चीन बिचको परम्परागत मित्रता नयाँ युगमा प्रवेश गरिरहेको बताएकी छिन्।
परराष्ट्र मन्त्रालयको आयोजनामा ‘प्रोफेसर यादुनाथ खनाल लेक्चरल सिरिज’ कार्यक्रमको समापन गर्दै उनले यस्तो बताएकी हुन् । यस्तै मन्त्री राणाले आगामी दिनमा पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र चीनबिचको सम्बन्धलाई अझ सुदृढ बनाइने प्रतिबद्धता समेत जनाइन्।
नेपाल–चीन सम्बन्धको विकासशील यात्रालाई स्मरण गर्दै उनले प्राध्यापक यादुनाथ खनालको स्वतन्त्र, सन्तुलित र यथार्थपरक कूटनीतिक दृष्टिकोणमा आधारित रहेको बताइन्। सो अवसरमा परराष्ट्र मन्त्रालयले “दक्षिण एसियाको सन्दर्भमा नेपाल–चीन सम्बन्धस् अवसर, चुनौती र आगामी बाटो“ शीर्षकमा कार्यक्रम आयोजना गरेको थियो।