काठमाडौँ– आज (शुक्रबार) दिउँसो १ः१५ बजे राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ। संघीय संसद् भवनमा बैठक बस्दैछ।
आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले “त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१” सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।