काठमाडौँ– आज (बिहीबार) बिहान ११ बजे संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको २९० औँ बैठक बस्नेछ। बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थासँग सम्बन्धी छलफल गरिनेछ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक १ बजे बस्नेछ। बैठकमा नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।