‘भ्रष्टाचारको दफा’ लगाउने चेतावनीपछि गृहद्वारा ६ उपसचिव र १६ अधिकृतको काज फिर्ता (सूचीसहित) - Chaitanya News
  • 2026-06-10
  • 13:12:43
  • बुधबार,जेठ २७, २०८३
  • ‘भ्रष्टाचारको दफा’ लगाउने चेतावनीपछि गृहद्वारा ६ उपसचिव र १६ अधिकृतको काज फिर्ता (सूचीसहित)

    ‘भ्रष्टाचारको दफा’ लगाउने चेतावनीपछि गृहद्वारा ६ उपसचिव र १६ अधिकृतको काज फिर्ता (सूचीसहित)

    काठमाडौँ– गृह मन्त्रालयले काजमा रहेका ३७ कर्मचारीलाई फिर्ता गरेको छ। मन्त्रालयले मंगलबार ६ उपसचिव, १६ शाखा अधिकृत र बाँकी नायब सुब्बा (नासु) को काज फिर्ता गरेको हो।

    काज फिर्ता हुने अधिकांश उपत्यका बाहिर दरबन्दी भएर उपत्यकामा बस्ने कर्मचारी छन्।

    काजमा रहेका ५ उपसचिव मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा बसेका थिए। यसैगरी अर्का एक जना सिंहदरबारमै रहेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा काजमा थिए।

    प्रधानमन्त्री कार्यालयले गृहसचिव गोकर्णमणि दुवाडीलाई जेठ २१ गते पत्र लेख्दै काजमा रहेका कर्मचारीलाई दरबन्दीमा पठाउन र नपठाएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो।