दुई स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय - Chaitanya News
  • 2026-05-13
  • 21:05:29
  • बुधबार,बैशाख ३०, २०८३
  • दुई स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय

    दुई स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय

    काठमाडौँ– सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ।

    बैठकले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो।

    मन्त्रिपरिषद् निर्णय अनुसार महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीबाट परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थान कायम हुनेछ।

    यस्तै दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुनेछ।