काठमाडौँ– आज (बुधबार) दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ। जसअनुसार, बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुने कार्यसूची छ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।