मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री लेखक - Chaitanya News
  • 2026-07-02
  • 15:16:49
  • बिहिबार,आषाढ १८, २०८३
  • मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री लेखक

    मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री लेखक

    काठमाडौँ– गृहमन्त्री रमेश लेखकले आफूले गृह मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका प्रयासहरू गरिरहेका बताएका छन्।

    आज (मंगलबार) राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    यस्तै उनले भने, ‘यो सरकार गठन भएको ११ महिना पुग्न लागेको छ। मैले जिम्मेवारी लिएको पनि ११ महिना पुगेको छ। मैले यो समयमा गृह मन्त्रालयमा नीतिगत, कानूनी र संरचनागत सुधार गर्दैछौं।’

    उनले नागरिकता विधेयकलाई गृह मन्त्रालयले विशेष महत्त्व दिएर दोस्रो संशोधन प्रस्ताव पेश गरेको बताए।