काठमाडौँ– आज (मंगलबार) संघीय संसद् अन्तर्गत दुई वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ ।
जसअनुसार, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने संसदीय सचिवालयले जनाएको छ।