काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले देशको राजनीतिमा उतारचढाव रहेको बताएका छन्।
आज (सोमबार) रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । यस्तै उनले संविधान कार्यान्वयन गर्दै समाजवादको आधार तयार पार्न केन्द्रित हुनुपर्ने समेत बताए।
उनले भने, ‘अहिले देशको राजनीतिमा उतारचढाव छन् तर हामी संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवाद उन्मुख हुने परिकल्पना गरेका छौँ। हामी समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेका छौँ।
उनले आफू नेतृत्वको सरकार भएको बेलामा नीति तथा कार्यक्रम र बजेटमा रिटर्नी सेन्टरलाई विशेष महत्त्व दिएको स्मरण गरे। उनले माओवादी नेतृत्वको सरकार ढलेपछि अहिलेको सरकारले रिटर्नीहरूका लागि छुट्टाएको बजेट पनि अन्यत्र लगिएको दाबी गरेका छन्।