आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 21:07:05
  • बुधबार,बैशाख ३०, २०८३
  • आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (सोमबार) दिउँसो १ः१५ बजे राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

    बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘जलस्रोत विधेयक, २०८१’का सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन् भने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन्।