यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-07-16
  • 19:53:40
  • बिहिबार,आषाढ ३२, २०८३
  • यस्तो रहनेछ आज देशभरको मौसम

    यस्तो रहनेछ आज देशभरको मौसम

    काठमाडौँ– जल तथा मौसम विभागले हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ,भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

    यस्तै आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ।

    कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च(पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।