म ७४ वर्ष पुगेँ, ७० वर्षे उमेर हद फेल खाइसक्यो : प्रधानमन्त्री ओली - Chaitanya News
  • 2026-05-13
  • 21:07:15
  • बुधबार,बैशाख ३०, २०८३
  • म ७४ वर्ष पुगेँ, ७० वर्षे उमेर हद फेल खाइसक्यो : प्रधानमन्त्री ओली

    म ७४ वर्ष पुगेँ, ७० वर्षे उमेर हद फेल खाइसक्यो : प्रधानमन्त्री ओली

    काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षीय उमेर हद फेल खाएको बताएका छन्।

    आज (आइतबार) कीर्तिपुरमा अनेरास्ववियुको महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू ७४ वर्ष पुगिसकेकाले ७० वर्षीय उमेर हद फेला खाएको बताएका हुन् ।

    यस्तै उनले भने ‘७० वर्ष उमेर फेल खाइसक्यो। अहिले मेरो ७४ चरिलाछ। अनि फेल खाएन त ?, उनले प्रश्न गरे। उमेरले नभएर स्वास्थ्य र कार्यक्षमताले निर्धारण गर्ने उनको भनाइ छ।

    उनले चीन र साइप्रसको उदाहरण दिए उमेर हद राख्न नहुने बताए। ‘चीनमा दुई पटक अध्यक्ष बनाउने नियम बनाएको थियो। सी जिङपिङको आवश्यकता देखेर चिनियाँ कम्युनिस्ट पार्टीले अहिले त्यो व्यवस्था हटाएको छ। पहिले उमेर हद पनि ६५ तोकेको थियो। अहिले त्यो छैन। चीनमा मात्र होइन, साइप्रसमा पनि त्यस्तै व्यवस्था छ, ’उनले भने।

    प्रधानमन्त्री ओलीले आफू रहे पनि नरहे पनि उमेर हद आवश्यकता नरहेको बताए। ‘धेरै फ्याक्टरले काम गर्दा रहेछन्। मै हुन्छु भन्ने छैन। आवश्यकता देखेर निर्धारण गर्नुपर्छ।, ’उनले भने। अध्यक्ष ओलीले माधव नेपाल र झालनाथ खनाललाई पनि ७० पुग्नु अगाडि नै पार्टीको नेतृत्वबाट हटाएको बताए।