बल्खुदेखि कोटेश्वर सडक खण्डको फास्ट ट्रयाक लेनमा दुईपाङग्रे सवारी सञ्चालनमा रोक - Chaitanya News
  • 2026-06-03
  • 08:49:05
  • बुधबार,जेठ २०, २०८३
  • बल्खुदेखि कोटेश्वर सडक खण्डको फास्ट ट्रयाक लेनमा दुईपाङग्रे सवारी सञ्चालनमा रोक

    बल्खुदेखि कोटेश्वर सडक खण्डको फास्ट ट्रयाक लेनमा दुईपाङग्रे सवारी सञ्चालनमा रोक

    काठमाडौं– उपत्यकामा दुर्घटना निकै बढ्न थालेपछि ट्राफिक महाशाखाले लेन अनुशासनमा कडाइ गरेको छ। बल्खुदेखि कोटेश्वर सडक खण्डको फास्ट ट्रयाक लेनमा दुईपाङग्रे सवारी साधन चलाउन रोक लगाइएको छ।

    उपत्यका ट्राफिक महाशाखाका सहप्रवक्ता अवदेश विष्टका अनुसार सर्भिस प्रदायक सवारी साधन अब फास्ट ट्रयाक लेनमा कुदाउन पाइन्न।

    उनी भन्छन्, ुसर्भिस दिने गाडीहरू सर्भिस लेनमा नै कुदाउनु पर्छ। लेन अनुशासन पालन नगर्दा पछिल्लो समय दुर्घटनाको दर अत्यन्तै बढेको छ। स्पिडमा सवारी कुदाउँदा दुर्घटना लगत्तै घाइतेको मृत्यु हुने प्रचलन नी बढेको छ। ५ मिनेट जाम भयो भने सवारी चालकले ट्राफिकलाई जानकारी गराउने तर दुर्घटना भयो, मान्छे मर्‍यो भने खबर समेत नगर्ने प्रवृति बढेको छ। जाम होस, मानिस ५(१० मिनेट ढिलो पुगोस्, केही छैन तर छिटो दौड्ने बहानामा धेरै मानिस मर्न दिन त भएन नी।

    उपत्यकामा बढ्दै गएको दुर्घटना घटाउनका लागि ट्राफिक महाशाखा कडाइका साथ लागेको बताउँदै विष्टले यात्रुबाहक गाडी, विस्तारै कुद्ने टेम्पु, ट्याक्टर, माइक्रो, दुईपाङग्रे सवारी सबैलाई सर्भिस लेन प्रयोग गर्न आग्रह गरे।

    कोटेश्वरबाट बल्खुसम्म नरोकिई जाने सवारी भने फास्ट ट्रयाकमा कुदाउन पाइन्छ। गत शुक्रदेखि यो नियम सुरु गरिएको हो।

    सुरुवातमा कोटेश्वर बल्खुमा प्रयोग गरिएको र केही दिनमा उपत्यकाका सबै रोडमा यो नियम कडाइका साथ लागू गराइने उनले बताए।