प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड - Chaitanya News
  • 2026-05-13
  • 21:06:26
  • बुधबार,बैशाख ३०, २०८३
  • प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड

    प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर हुनुमा प्रधानमन्त्री केपी ओलीमा प्रतिशोधको गन्ध रहेको आरोप लगाएका छन् ।

    आज (शुक्रबार) संसद् भवन परिसरमा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् । यस्तै प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ। र, अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ।

    उनले पहिला अख्तियारले नै कुनै पनि नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारबाहिर भएको भन्दै ललिता निवास प्रकरणमा लेखेको चिठी आफैले हेरेको बताए।

    ‘तर अहिले त्यही अख्तियारले माधवजीले गरेको त नीतिगत निर्णय नै हो। त्यसैमा फेरि प्रवेश गरेको छ सायद अख्तियारले जवाफ देला’, उनले भने ‘यहीँ हो भने कोही पनि छानबिनको दायरमा आउन सक्ने भयो।’