शेरबहादुर देउवाले भने: मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्छ - Chaitanya News
  • 2026-05-13
  • 22:03:29
  • बुधबार,बैशाख ३०, २०८३
  • शेरबहादुर देउवाले भने: मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्छ

    शेरबहादुर देउवाले भने: मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्छ

    महेन्द्रनगर धनुषा– नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवाले मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

    आज (शुक्रबार) पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आलोपालोको सहमतिअनुसार छिट्टै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

    सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए। “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, काँग्रेस नेतृत्वमा सरकार बन्छ”, उनले भने।