मधेस प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै - Chaitanya News
  • 2026-06-04
  • 22:27:16
  • बिहिबार,जेठ २१, २०८३
  • मधेस प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    मधेस प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    जनकपुर– मधेस प्रदेश सरकारले आज प्रदेश सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन्।

    कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए। नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले बताए।