संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 22:03:29
  • बुधबार,बैशाख ३०, २०८३
  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (शुक्रबार) संघीय संसद्को दुवै सदनको बैठक बस्ने तय भएको छ । जसअनुसार, दिउँसो १ः०० बजे प्रतिनिधि सभाको बैठक बस्दैछ।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

    यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन्।

    यस्तै, राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने छ। सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ।