नेपालको इतिहासमा पहिलो पटक कुनै पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा, अरु को–को मुछिए ? (पूर्णपाठसहीत) - Chaitanya News
  • 2026-05-13
  • 22:01:49
  • बुधबार,बैशाख ३०, २०८३
  • नेपालको इतिहासमा पहिलो पटक कुनै पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा, अरु को–को मुछिए ? (पूर्णपाठसहीत)

    नेपालको इतिहासमा पहिलो पटक कुनै पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा, अरु को–को मुछिए ? (पूर्णपाठसहीत)

    काठमाडौँ – नेपालको इतिहासमा पहिलो पटक कुनै पूर्व प्रधानमन्त्रीविरुद्ध सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
    आज (बिहीबार) पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल विरुद्ध सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

    काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान, साँगा, महेन्द्रज्योतिमा पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपालले कानुनी हदबन्दीभन्दा बढी जग्गा खरिद गरी कम्पनी सञ्चालन गरेको र त्यस्तो जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बिक्री गरेको आरोपसहित यो मुद्दा दायर गरिएको हो।

    अख्तियारले संघीय संसद प्रतिनिधि सभाका सांसद तथा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूलाई सार्वजनिक सम्पत्तिमा हानि(नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

    यस्तै मन्त्रिपरिषद्को सामूहिक निर्णयविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको पनि यो पहिलो पटक हो।

    यस्तै नेपाललाई सांसद पदबाट पनि निलम्बन गरेको छ