आँपको सिजन सुरु नहुँदै कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव - Chaitanya News
  • 2026-06-04
  • 23:09:14
  • बिहिबार,जेठ २१, २०८३
  • आँपको सिजन सुरु नहुँदै कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

    आँपको सिजन सुरु नहुँदै कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

    काठमाडौँ– आँपको सिजन सुरु नहुँदै बजारमा बिक्री हुन थालेको छ। नेपाली आँप असार लागेपछि मात्र तयार हुने भए पनि केमिकल (कार्बाइड) प्रयोग गरी पकाइएको आँप होलसेलर हुँदै खुद्रा व्यापारीमार्फत घरघरमा पुगिरहेको छ।

    कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ। त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। सिजनमा प्राकृतिक रूपमा पाकेको फलफूल मात्र खान स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।

    कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ।

    राम्रो मूल्य आएको भन्दै किसानले व्यापारीलाई आँप बेचिरहेको पाइएको छ। यस्तो आँप स्वादिलो नहुने र पोषक तत्त्व पनि नपाइने जानकारहरू बताउँछन्।

    राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन। असार लागेपछि मात्र यो आँप बजारमा आइपुग्छ। तर बजारमा भने बिक्री हुन थालेको धेरै भइसक्यो।