आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 22:02:51
  • बुधबार,बैशाख ३०, २०८३
  • आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (बिहीबार) संघीय संसदका दुवै सदनको बैठक बस्ने तय भएको छ। जसअनुसार, प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने छ । र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्नेछ।

    आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने तथा प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ।

    त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेस गर्ने कार्यसूची छ। बजेटमाथिको सामान्य छलफल सुरु गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    राष्ट्रिय सभामा भने आर्थिक वर्ष २०८२–८३को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची छ।