राष्ट्रिय सभाको आजको बैठकमा पनि गृहमन्त्री लेखकको राजीनामा माग - Chaitanya News
  • 2026-05-13
  • 22:01:49
  • बुधबार,बैशाख ३०, २०८३
  • राष्ट्रिय सभाको आजको बैठकमा पनि गृहमन्त्री लेखकको राजीनामा माग

    राष्ट्रिय सभाको आजको बैठकमा पनि गृहमन्त्री लेखकको राजीनामा माग

    काठमाडौँ– राष्ट्रिय सभाको आज (बुधबार) को बैठकमा पनि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिएको छ। बैठकको आकस्मिक समयमा सांसद मायाप्रसाद शर्माले भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी हुन्।

    सांसद शर्माले सरल रूपमा छानबिनको प्रक्रिया अगाडि बढाउन नैतिकताको आधारमा राजीनामा दिएर गृहमन्त्री लेखकले सहयोग गर्नुपर्ने माग गरिन्। “निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर बाटो खुलाउनुपर्छ। कर्मचारी मात्रै दोषी भए पनि छानबिनमा सहयोग गर्न राजीनामा दिएर मार्ग सहज बनाउनु पर्छ। यस विषयमा छानबिन गर्नुपर्ने र यसका लागि मन्त्री लेखकले राजीनामा दिनुपर्छ”, उनले भनिन्,“छानबिनमा सत्तारुढ दल एमाले र काँग्रेसले पनि सहयोग गर्नुपर्छ।