कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै - Chaitanya News
  • 2026-06-04
  • 23:09:22
  • बिहिबार,जेठ २१, २०८३
  • कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

    कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

    काठमाडौँ– आज (बुधबार) कर्णाली प्रदेशको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा आज प्रस्तुत हुने भएको छ ।

    सरकारकातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन्। आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ।

    कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी आँखाको उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका थिए।