काठमाडौँ– आज (बुधबार) गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा सार्वजनिक हुने भएको छ। गण्डकी प्रदेश सरकारले आजको बैठकमा आठौँ नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। बजेट आउनु पूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।