काठमाडौँ– आज (बुधबार) संघीय संसदको दुवै सदनको बैठक बस्ने तय भएको छ।
अपराह्न १ः०० बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन्।
अपराह्न १ः१५ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ। सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ।