नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा - Chaitanya News
  • 2026-07-07
  • 16:39:05
  • मंगलबार,आषाढ २३, २०८३
  • नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा

    नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा

    काठमाडौँ– नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका छन्।निर्देशक डा.डिल्लीराम पोखरेल र दीर्घ रावल कार्यकारी निर्देशक भएका हुन्।

    केन्द्रीय बैंक कार्यकारी निर्देशकमा २ निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर भएको छ। पूर्वकार्यकारी निर्देशक डा। प्रकाश श्रेष्ठको अवकाशसँगै रिक्त कार्यकारी निर्देशक दरबन्दीमा गत साता निर्देशक डा। पोखरेलको बढुवा भएको सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेले जानकारी दिए।

    काफ्लेका अनुसार कार्यकारी निर्देशक तुलसी घिमिरेको अवकाशपछि रिक्त दरबन्दीमा सोमबार निर्देशक दीर्घ रावलको बढुवा भएको हो।

    रिक्त कार्यकारी दरबन्दी पूर्तिसँगै जिम्मेवारी पनि हेरफेर भएको छ। गत साता कार्यकारी निर्देशक भएका पोखरेले बैंकिङ विभाग प्रमुख भएका छन्।

    त्यसैगरी सोमबार कार्यकारी निर्देशक भएका रावल भने बैंकिङ सुपरीवेक्षण विभाग प्रमुखको जिम्मामा छन। त्यसैगरी बैंकिङ सुपरिवेक्षणको नेतृत्व गरिरहेका कार्यकारी निर्देशक रामु पौडेल मुद्रा व्यवस्थापन विभाग प्रमुख भएका छन्।