आज सुन तोलामा २ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति? - Chaitanya News
  • 2026-04-30
  • 09:54:16
  • बिहिबार,बैशाख १७, २०८३
  • आज सुन तोलामा २ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति?

    आज सुन तोलामा २ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति?

    काठमाडौं– सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार उक्त दरले बढेसँगै छापावाल सुन १ लाख ५ सय र तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भएको छ।

    शुक्रबार छापावाल सुन १ लाख ३ सय र तेजाबी सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदी १ हजार ४ सय प्रतितोला मूल्यमा कारोबार भएको छ। शुक्रबारभन्दा आइतबार चाँदी १० रुपैयाँले बढेको हो।