विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना - Chaitanya News
  • 2026-07-25
  • 09:14:06
  • शनिबार,साउन ०९, २०८३
  • विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना

    विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना

    काठमाडौँ– निजामती कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्। सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आएका निजामती कर्मचारीहरूले आज पनि धर्ना दिएका हुन्।

    प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरूले मन्त्रालयमा धर्ना दिँदै आएका छन्।

    उनीहरूले सेवा अवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समायोजनका लागि छनौटको अवसर दिनुपर्ने लगायतका माग राखेका छन्।

    त्यस्तै स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तर प्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग उनीहरूको रहेको छ।