आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 22:14:03
  • बुधबार,बैशाख ३०, २०८३
  • आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (सोमबार) संघीय संसद्अन्तर्गत चार संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ।

    जसअनुसार, बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल हुने कार्यसूची रहेको छ।

    त्यस्तै, बिहान ११ बजे बस्ने कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुने कार्यसूची छ।

    यसै गरी, बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बोलाइएको छ। बैठकमा हिन्दकुश हिमालयको सम्मेलन र समितिको समसामयिक विषय तथा आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ।

    त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने सचिवालयले जनाएको छ।