परराष्ट्र मन्त्री राणा स्वदेश फिर्ता, के–के भए कुराकानी ? - Chaitanya News
  • 2026-05-13
  • 22:14:17
  • बुधबार,बैशाख ३०, २०८३
  • परराष्ट्र मन्त्री राणा स्वदेश फिर्ता, के–के भए कुराकानी ?

    परराष्ट्र मन्त्री राणा स्वदेश फिर्ता, के–के भए कुराकानी ?

    काठमाडौँ– परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा हङकङबाट स्वदेश फिर्ता भएकी छन् ।

    चीन सरकारले यही जेठ १६ गते आयोजना गरेको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर मन्त्री राणा गएराति स्वदेश फर्किएकी हुन्।

    अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यवेक्षकका रूपमा सहभागी भएको हो।

    उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय संघसंगठन सहभागी भएका थिए । उक्त संगठनले विभिन्न देशबीच, एक देश र अर्को देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ।

    यसै कार्यक्रमको सिलसिलामा मन्त्री डा। राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । उक्त भेटका अवसरमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको जानकारी मन्त्री डा. राणाले दिइन्।

    भेटघाटमा नेपाल र चीनबीच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको उनले बताइन्।