‘बजेट कार्यान्वयनमा शंका गर्नुपर्ने अवस्था छैन’ : अर्थमन्त्री पौडेल - Chaitanya News
  • 2026-06-05
  • 00:39:10
  • बिहिबार,जेठ २१, २०८३
  • ‘बजेट कार्यान्वयनमा शंका गर्नुपर्ने अवस्था छैन’ : अर्थमन्त्री पौडेल

    ‘बजेट कार्यान्वयनमा शंका गर्नुपर्ने अवस्था छैन’ : अर्थमन्त्री पौडेल

    काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शंका गर्नुपर्ने स्थिति नभएको बताएका छन् ।

    हिजो (शनिबार) नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित बजेटपछिको छलफल कार्यक्रममा बोल्दै बजेट स्रोत सुनिश्चित गरेर मात्र तयार पारिएको हुँदा बजेट कार्यान्वयनमा शंका गर्नुपर्ने अवस्था नरहेको उनले बताए।

    यस्तै अर्थमन्त्रीले बजेटका सिद्धान्त र सीमाहरू पालना गरिएको समेत दाबी गरे। “स्रोतको सुनिश्चितता गरेरै बजेट बनाइएको हो। राजस्वको लक्ष्य पनि अनुमानयोग्य आधारमा तय गरिएको छ,” मन्त्री पौडेलले भने, “बजेट कार्यान्वयनको अन्त्यमा पुग्दा प्रश्न उठ्ने स्थिति आउन दिइने छैन।”

    उनले सार्वजनिक ऋणको परिमाणप्रति अनावश्यक चिन्ता नदेखाउन आग्रह गर्दै बजेटमा ऋण व्यवस्थापन सावाँब्याज भुक्तानी सुनिश्चित हुने गरी गरिएको स्पष्ट पारे। “स्रोतको विषयमा कुनै चिन्ता आवश्यक छैन। बजेटमा स्रोतको दुरुपयोग पनि हुने छैन,” उनले भने।