संघीय संसद्का चार समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 22:13:50
  • बुधबार,बैशाख ३०, २०८३
  • संघीय संसद्का चार समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    संघीय संसद्का चार समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (शुक्रबार) संघीय संसद् अन्तर्गत चार संसदीय समितिको बैठक बस्ने तय भएको छ। जसअनुसार, बिहान ११ः०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुने कार्यसूची रहेको छ।

    यस्तै, दिउँसो १ः०० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल कार्यसूची छ।

    यस्तैगरी,संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको भावी कार्य योजनामा छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।

    संसदीय सुनुवाइ समिति ९संयुक्त०को बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ।