काठमाडौँ– सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन्।
यो चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो। यो संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो। यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो।
सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ। यो कुल विनियोजनको ६०.१ प्रतिशत हो। पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन भएको छ। यो कुल बजेटको २०.८ प्रतिशत हो। वित्तीय व्यवस्था तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ। यो कुल बजेटको १९.१ प्रतिशत हो।
यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा अघिल्लो वर्ष ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्दै छ। चालु आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण भएको थियो।