इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत - Chaitanya News
  • 2026-11-16
  • 12:36:57
  • सोमबार,मंसिर ०१, २०८३
  • इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत

    इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत

    काठमाडौँ– इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ। आज अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुन महिनासम्ममा इन्टरनेट ग्राहकको घनत्व १४४.(२३ प्रतिशत पुगेको हो।

    सूचना प्रविधिको पहुँच आम क्षेत्रमा पुगेको छ। तीन तहका सरकारमा ई–गभर्नेन्स प्रणाली विस्तार हुँदै गएको छ। ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सेवा स्थानीय तहका ६ हजार ५६६ वडा केन्द्रमा विस्तार भएको छ,” मन्त्री पौडेलले भने, “डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ।