प्रधानमन्त्री ओलीले भने: गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन - Chaitanya News
  • 2026-05-13
  • 23:17:57
  • बुधबार,बैशाख ३०, २०८३
  • प्रधानमन्त्री ओलीले भने: गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन

    प्रधानमन्त्री ओलीले भने: गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैले नेता छनोट गर्न पाउने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताएका छन्।

    आज (बिहीबार) गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् । यस्तैप्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्म सम्मान सुरक्षित रहने गणतन्त्रान्त्रिक व्यवस्थाको विकल्प अरु हुन नसक्ने बताए । गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए।

    प्रधानमन्त्रीले भने, “सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौँ। समृद्ध नेपाल खुसी नेपाली को राष्ट्रिय आकांक्षा पूरा गर्न लागिपरेका छौँ।

    उनले भने, “गणतन्त्र कुनै दलको स्वामित्व होइन यसको मालिक जनता हुन्। लोकतान्त्रिक गणतन्त्र ‘जनताका लागि जनताद्वारा जनताको शासन प्रणाली’ हो। यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन्। त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ।

    प्रधानमन्त्री ओलीले अहिले जनता आले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जातरजाति र समुदायका कम्तिमा ३६ हजार ५७ प्रतिनिधिहरू चुनिने व्यवस्था रहेको स्पष्ट गरे।

    उनले भने, “गणतन्त्र आउनुअघि देशको विकासका सूचकांकहरु कहाँ थिए, आज कहाँ पुग्यो । गणतन्त्र आउनुअघि मानव विकास सूचकांक कहाँ थियो, आज कहाँ पुग्यो । राजतन्त्र हुँदाका अढाई सय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे । राजतन्त्र कालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो, गरिबी कति थियो, कति घट्यो, खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो । जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो । यी सबै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो ।