सरकारद्धारा स्वास्थ्य बीमालाई १० अर्ब बजेट, मन्त्रालय अन्तर्गत यस्ता छन् कार्यक्रम - Chaitanya News
  • 2026-06-05
  • 02:18:45
  • बिहिबार,जेठ २१, २०८३
  • सरकारद्धारा स्वास्थ्य बीमालाई १० अर्ब बजेट, मन्त्रालय अन्तर्गत यस्ता छन् कार्यक्रम

    सरकारद्धारा स्वास्थ्य बीमालाई १० अर्ब बजेट, मन्त्रालय अन्तर्गत यस्ता छन् कार्यक्रम

    काठमाडौँ– सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई यो वर्ष १० अर्ब बजेट विनियोजन गर्ने भएको छ। अर्थ मन्त्रालयले तयार पारेको बजेटमा उक्त कार्यक्रमका लागि १० अर्ब छुट्याउन लागेको हो। उक्त मन्त्रालयलाई ९६ अर्बको सिलिङ पठाइएको छ।

    अर्थ मन्त्रालयले सुरुमा मन्त्रालयलाई ८३ अर्बको बजेट सिलिङ पठाएको थियो जुन अघिल्लो वर्षभन्दा ३ अर्ब रुपैयाँ कम हो। अघिल्लो वर्ष ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, स्वास्थ्य बीमाका लागि बजेट अपुग रहेको तथा मन्त्रालय अन्तर्गतको खर्च समेत बढेको भनेपछि अर्थले १३ अर्ब रुपैयाँले बजेट बढाएर ९६ अर्ब पुर्याएको हो।

    बजेटमा १० संघीय राजधानी केन्द्रित विशिष्ट उपचार, प्रदेश तह अस्पतालमा विस्तार, सातै प्रदेशको क्यान्सर उपचार विस्तारित सेवा, जलन उपचार सातै प्रदेशमा व्यवस्थित गर्न, मानव अंग प्रत्यारोपण प्रादेशिक अस्पतालमा विस्तार गर्ने कार्यक्रम रहेको छ।

    न्यूरो अस्पताल स्थापना, मधेश प्रदेशमा किड्नी सेन्टर स्थापना लगायत विशिष्टीकृत अस्पतालको विषय समेत बजेटमा रहेको छ। स्वास्थ्य बीमा सुधार तथा बक्यौता शून्यमा झार्ने लक्ष्य, नागरिकलाई निरोगी बनाउने राष्ट्रव्यापी अभियान, नसर्ने रोगको समयमै पहिचानका लागि राष्ट्रव्यापी कार्यक्रम, घर टोलमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम समेत समावेश गरिएको छ।