सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै - Chaitanya News
  • 2026-06-05
  • 02:18:15
  • बिहिबार,जेठ २१, २०८३
  • सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

    सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

    काठमाडौँ– आर्थिक वर्ष २०८२र०८३ को बजेट आज दिउँसो ३ बजेट सार्वजनिक हुँदै छ ।

    गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकतासमेत संसद्बाट पास भएसँगै सरकारले आज बजेट ल्याउन लागेको हो।

    बजेट अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्नेछन्। यसका लागि दुवै सदनको संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ। बैठक दिउँसो ३ बजे बस्नेछ।

    जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेको हो।