काठमाडौँ– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोप असत्य र बेठिक रहेको दाबी गरेका छन्।
आज (बुधबार) संसद् भवनमा पत्रकार सम्मेलन गर्दै उनले सहसचिव तीर्थराज भट्टराईसँग जोडेर आफूलाई पनि त्यसमा संलग्न भनिएको बारे स्पष्टीकरण दिँदै भने, ‘यसमा मेरो कुनै संलग्नता छैन। मेरो विरुद्ध नियोजित ढङ्गले आक्रमण गरिएको छ, यो षड्यन्त्रपूर्ण छ।
अख्तियारबाट हुने कारबाहीलाई खुला मनले स्वागत गर्ने लेखकले बताए । उनले भने, ‘आयोगको अनुसन्धानमा कतैबाट पनि प्रभावित पारिनुहुन्न।’