मकवानपुर– बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ। आज (बुधबार) दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेशसभा बैठकमा प्रदेशसभामा सरकारको नीति कार्यक्रम पेस भएको हो।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ। प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा लगानी सम्मेलन आयोजनाका लागि नीतिगत प्रक्रिया अघि बढाउने भएको हो।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति कार्यक्रम बुधबार बसेको बैठकमा पेस गर्दै आयोजना बैङ्क सूचना प्रणाली कार्यान्वयन प्रभावकारी गरिने बताए।