निजामती सेवा विधेयक संसदको कार्यसूचीबाट हटाइयो - Chaitanya News
  • 2026-09-22
  • 09:32:20
  • मंगलबार,आश्विन ०६, २०८३
  • निजामती सेवा विधेयक संसदको कार्यसूचीबाट हटाइयो

    निजामती सेवा विधेयक संसदको कार्यसूचीबाट हटाइयो

    काठमाडौँ– निजामती सेवा विधेयक संसदको कार्यसूचीबाट हटाएको छ । आज (बुधबार) बसेको प्रतिनिधि सभा बैठकमा पेश हुने भनिएको संघीय निजामती सेवा विधेयक, २०८२ को समितिको प्रतिवेदन कार्यसूचीबाट हटाइएको हो।

    प्रतिनिधि सभाको मंगलबार प्रकाशित दैनिक कार्यसूचीको चौथो नम्बरमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेश गर्ने कार्यक्रम राखिएको थियो। तर, बुधबारको कार्यसूचीमा यो बुँदा हटाइएको छ।

    विवादैविवादबीच पेश गर्न लागिएको उक्त विधेयकको मस्यौदालाई समितिले पारित गरिसकेपछि पनि केही संशोधन भएको बुझिएको छ। स्रोतका अनुसार, परीक्षा दिन पाउने अवधि सात वर्षबाट पुनः पाँच वर्ष कायम गरिएको लगायतका विषयमा परिवर्तन गरिएको छ।