यो वर्ष मनसुन चाँडो भित्रिने मौसम पूर्वानुमान - Chaitanya News
  • 2026-07-16
  • 20:55:21
  • बिहिबार,आषाढ ३२, २०८३
  • यो वर्ष मनसुन चाँडो भित्रिने मौसम पूर्वानुमान

    यो वर्ष मनसुन चाँडो भित्रिने मौसम पूर्वानुमान

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरेको छ ।

    महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको भए पनि यस वर्ष चाँडो हुने अनुमान गरिएको बताए।

    यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको तथा भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने उनले बताए ।यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ।