बागमती– आज (बुधबार) बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको छ। आज अपराह्न १:०० बजे हुने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले दिएको जानकारी अनुसार, बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ।
आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बताए।
यसअघि प्रदेश सभामा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता छलफलपछि पारित भएको थियो।