सरकारद्धारा स्वास्थ्य सचिवको जिम्मेवारी शर्मालाई र वित्त आयोगको जिम्मेवारी पन्थलाई - Chaitanya News
  • 2026-11-16
  • 13:03:47
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकारद्धारा स्वास्थ्य सचिवको जिम्मेवारी शर्मालाई र वित्त आयोगको जिम्मेवारी पन्थलाई

    सरकारद्धारा स्वास्थ्य सचिवको जिम्मेवारी शर्मालाई र वित्त आयोगको जिम्मेवारी पन्थलाई

    काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी डिल्लीराम शर्मालाई दिएको छ छ।

    हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो।

    यस्तै, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरिएको छ।

    सरुवा भएका सचिवहरूमा शर्मा र पन्थको जिम्मेवारी टुंगो लाग्न बाँकी थियो। केही समयअघि मात्र उनीहरूको नयाँ जिम्मेवारी तय भएको हो।