राष्ट्रिय सतर्कता केन्द्रद्धारा २०८०–०८१ को वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस - Chaitanya News
  • 2026-11-16
  • 13:03:46
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रिय सतर्कता केन्द्रद्धारा २०८०–०८१ को वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस

    राष्ट्रिय सतर्कता केन्द्रद्धारा २०८०–०८१ को वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस

    काठमाडौँ– राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको छ।

    आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन्।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकारले बनेकाले ती काममा केन्द्रले आफ्नो तर्फबाट प्रभावकारीरुपमा काम गर्न निर्देशन दिए।

    उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतमा रहेकाले नियमित रिपोर्टिङ गर्ने र निर्देशन लिने सवालमा केन्द्र अझ सक्रिय हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचार विकास र सुशासनको शत्रु भएकाले यसको नियन्त्रणका लागि सबैको साझा प्रयास हुनुपर्ने बताए।