महासचिव पोखरेलले भने: गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध एक भएर लाग्नुपर्छ - Chaitanya News
  • 2026-05-13
  • 23:18:14
  • बुधबार,बैशाख ३०, २०८३
  • महासचिव पोखरेलले भने: गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध एक भएर लाग्नुपर्छ

    महासचिव पोखरेलले भने: गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध एक भएर लाग्नुपर्छ

    काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरू जनविरोधी भएको बताएका छन्।

    आज (सोमबार) एमाले बागमती प्रदेश कमिटीले पार्टीबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि जनताका विरुद्धका गतिविधि भएको बताए।

    गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध सिङ्गो पार्टी एक ढिक्का भएर लाग्नुपर्ने उनको भनाइ थियो। ‘लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधि जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्नेमा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिङ्गो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्दछ,’ महासचिव पोखरेलले भने।

    उनले गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकाले पार्टीले विशेष उत्सवका रूपमा मनाउन लागिएको बताए। एमालेले गणतन्त्र दिवसलाई विविध कार्यक्रमको आयोजना गरी उत्सवका रूपमा मनाउन आम जनसमुदायलाई आह्वानसमेत गरेको छ।