काठमाडौँ– नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको दाबी गरेको छ। आज (सोमबार) बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो।
पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखक दोषी देखिनै कुनै आधार नभएको बताएको हो।
‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ। जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ।’ महतले भने,