दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-07-02
  • 18:18:36
  • बिहिबार,आषाढ १८, २०८३
  • दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (सोमबार) संघीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ। जसअनुसार, बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ।

    यस्तै १२ बजे बस्ने अर्थ समितिको बैठकमा बैङक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ।