सांसदको नाम टुङ्ग्याउन बसेको माओवादी केन्द्रको पदाधिकारी बैठक आजलाई अनिर्णित - Chaitanya News
  • 2026-05-07
  • 00:15:50
  • बुधबार,बैशाख २३, २०८३
  • सांसदको नाम टुङ्ग्याउन बसेको माओवादी केन्द्रको पदाधिकारी बैठक आजलाई अनिर्णित

    सांसदको नाम टुङ्ग्याउन बसेको माओवादी केन्द्रको पदाधिकारी बैठक आजलाई अनिर्णित

    काठमाडौं– सांसदको नाम टुङ्ग्याउन बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आजलाई अनिर्णित बनेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज अपरान्ह बसेको बैठक कुनै निश्कर्षमा नपुगेपछि भोलिलाई सरेको छ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,वरिष्ठ उपाध्यक्ष नाराणकाजी श्रेष्ठ प्रकाश,उपमहासचिव शक्ति बस्नेत,जनार्दन शर्मा,पम्फा भुसाल, सचिवहरू लीलामणि पोखरेल,दिनानाथ शर्मा, हरिबोल गजुरेललगायत उपस्थित थिए।

    माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २९ समानुपातिक सांसद पाएको छ। निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीबाट सांसद हुनेहरुको नाम चयन गरी पठाउन माओवादीको बैठक बसेको हो।

    आयोगले शनिवारसम्म समानुपातिक लिष्ट बुझाउन समय दिएको छ।