अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय - Chaitanya News
  • 2026-05-13
  • 23:18:58
  • बुधबार,बैशाख ३०, २०८३
  • अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय

    अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय

    काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ।

    ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ।

    एमाले सचिव पद्‍मा कुमारी अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताइन्। उनले अन्य पार्टीले आफ्नो विद्यार्थी संगठनमा उमेर हदबन्दी लगाएको सन्दर्भमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताइन्।

    यसअघि नेपाल विद्यार्थी संघले र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेर हद तोकेको थियो। एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षे उमेर हद तोकेको छ। अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ।